खोटाङ–१८,
मेयर दिपनारायण रिजालको बुधवार एकै समय विरोध र स्वागत भएको छ । खोटाङ जिल्ला तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भन्दा वाहिरका झुण्डले काठमाण्डौंको माईतीघर मण्डलामा विरोध जनाए भने सम्वन्धित नगरवासीले जिल्ला समन्वय समितिको प्राङगणमा स्वागत ।

‘कुकुर मार्न पाईंदैन, दिपनारायण रिजाल दोषी हो ।’ माईतीघर मण्डलामा कराईरहँदा ‘भुस्याहा तथा रोगी कुकुरले टोकेको हाम्रा नानीहरु र वा–आमाको उपचार तथा मरेको पशुचौपायको जिम्मा कस्ले लिने ?’ नगरवासीको प्रश्न तेर्सिरहेको थियो–‘वाहिरकालाई यहाँको अवस्था पीडा र समस्या के थाहा ?’

एक टेलिभिजनका कार्यक्रम रेकर्डका क्रममा केहिले भनेका छन्–‘त्यो कुकुर मारेको भिडियो भाईरल वनाउनेलाई कार्वाही हुनुप¥यो ।’ भिडियो रेकर्ड र भाईरल वनाउने ब्यक्तिलाई ईंगित गर्दै प्रश्न गरेका छन्–‘चिसापानीको मान्छेलाई एक दिन दिक्तेल वस्दा यहाँको समस्या थाहा हुन्छ ?’ कुकुर नियन्त्रण हुनुपर्छ भन्ने कुरा उठ्दा पटक–पटक तालीको गडगडाहट चलेको थियो ।

‘नगरपालिका तथा मेयर स्थानीय सरकार हो भने जुनै ढंगले भए पनि कुकुर नियन्त्रण गर्नुप¥यो, की हाम्रो जीउधनको क्षतिपूर्ति दिनुप¥यो ।’ योहो टेलिभिजनले स्थानीय सरकारसँग सम्वन्धित रही उत्पादन गर्ने समसामयिक कार्यक्रममा सय जना हाराहारीका स्थानीय भेला भएका थिए ।

कार्यक्रममा कुकुरको प्रशंग उठ्नसाथ ‘नियन्त्रण अभियान स्वागतयोग्य’ भन्नेहरुको सतप्रतिशत जसोको हात उठेको थियो । कुकुर मारेको भन्ने विषयमा मेयरलाई राखिएको सवालमा नगरवासीलाई सोधिदिन आग्रह गरिएपछि सो विषयमा स्पष्ट पार्ने सहभागीको होडवाजी चलेको थियो ।

मेयरले स्पष्ट पार्नुभयो–‘ न हामीले कुकुर मार्ने निर्णय गरेका छौं न मार्न निर्देशन ।’ उहाँले भन्नुभयो–‘यत्रतत्र फैलिएका घाईंते, रोगी तथा मरेका कुकुरहरु व्यवस्थापन गर्ने योजना अनुरुप कार्य गर्दा काम गर्ने काममा खटिएका ब्यक्तिहरुबाट कुकुर मारिएको बुझिएको छ ।’ सो क्रममा एक कुकुरले टोकेपछि प्रतिरक्षाका लागि कुटिएको कुट्न र मार्नमा संलगन व्यक्तिले वताउँदै आएका छन् । कुकुरले टोकेको दृश्य नखिची कुकुरलाई कुटेको मात्र दृश्य राकिएको भन्दै पीडितले गुनासो गरेका छन् । सो घटनाको छानविन र आवश्यक कार्वाही गरिने नगरपालिकाले जनाएको छ ।

तर, नगरवासीले भने मान्छेको जीउधन नै सखाप पार्नेगरी फैलिएका भुस्याहा तथा रोगी कुकुरहरु जुनै हिसावले भए पनि नियन्त्रण गर्नैपर्ने जिद्दि गरिरहेका छन् । त्यसको लागि नगरवासी जनता साथै रहने जनताको प्रतिवद्दता छ । कुकुर नियन्त्रण आवश्यक रहेको विषय शिक्षक, व्यवसायी, गृहिणी लगायतका सर्वसाधारणले जोड्दारका साथ उठाएका थिए ।                                  योहो टेलिभिजनका लागि पत्रकार बिक्रम श्रेस्ठ कार्यक्रम उत्पादन गर्न नगर आईपुग्नुभएको थियो ।

उता काठमाण्डौंमा भने कुकुर संरक्षणसँग सम्वन्धित स्नेहाज केयर नामक संस्थाको आव्हानमा मेयरको निर्देशनमा कुकुर मारेको भन्दै विरोधको आव्हान गरिएको हो ।

भुस्याहा कुकुरले वजारवासीमा आतंक फैलाए पनि नियन्त्रणका लागि गलत विधि अपनाईएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाईका छन् ।

दिक्तेलवजारमा खिचिएको उक्त भिडियोमा एक जनाले कुकुरलाई दाम्लोले बाँधेको र अर्को जनाले चिरुवा दाउराले टाउकामा हिर्काएर मारेको देखिन्छ ।