खोटाङ भदौ–१८, काठमाडौंको कपनमा ग्याङ फाइट हुँदा खोटाङ वराहपोखरी गाउँपालिकाको एक युवाको मृत्यु भएको छ । मंगलबार राति ९ बजे ग्याङ फाईटमा कुटपिट हुँदा गम्भीर घाईंते १८ वर्षीय सञ्जय राइको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार सञ्जयको मृत्यु भएसँगै ग्याङ फाइटमा संलग्न २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभा फावाखोला ४ का प्रेमकुमार राई र इलाम चिटिढुङ्गा १ का शुसान राई रहेको प्रहरीले जनाएको छ ।

दुबै जनालाई बुधबार बिहान कपनको सरस्वती नगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता बोगटीले जानकारी दिनुभयो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here