खोटाङ मंसिर–२,  एम.ए. सेमेष्टारको विद्यार्थी समेत रहनुभएको लोकसेवा आयोग कार्यालय खोटाङमा कार्यरत नासु शम्भुुकुमार खड्काको निधनमा श्रद्धाञ्जली सभा गरिएको छ । दिक्तेल वहुमुखी क्याम्पस खोटाङमा मानबिकी तथा सामाजिक शास्त्र संकायतर्फ एम.ए. समाजशास्त्र दोश्रो सेमेष्टरका बिद्यार्थी रहेका खड्काको निधनमा क्याम्पसले आईतबार बिहान श्रद्धाञ्जली सभा गरेको हो ।
 मुटुमा समस्या देखिएपछि काठमाण्डौंको केएमसी अस्पतालमा पु¥याईएका खड्काको उपचारको क्रममा कात्तिक ३० गते राती निधन भएको आफन्तले बताएका छन् । खड्काको निधनमा क्याम्पस प्रमुख हिराकुमार राई, प्राध्यपक रामप्रसाद राई लगायतले दुःख व्यक्त गरेका छन् । क्याम्पसका प्राध्यापक तथा बिद्यार्थीले खड्काको तस्बिरमा अबिर लगाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । ईमान्दार, मिलनसार तथा मेहनती खड्काको आकस्मिक निधनप्रति सहपाठीहरुले समेत दुःख व्यक्त गरेका छन् । 
२०४० साल बैसाख १५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा–१५ बिजयखर्क मालामा जन्मनुभएको नासु खड्का ईमान्दार राष्ट्र सेवकका रुपमा पुरस्कृत कर्मचारी हुन् । खड्काको २ छोरी र १ छोरा छन् ।