दुवै मृगौला फेल भएका पिडितद्घारा ‘जिवन बचाउको’ याचना

चिसाङ्ग शेर्पा
काठमाडौं २५ पुस 
दुबै मृगौला फेल भएका टंकराज राई बिचमा 
दुवै मृगौला फेल भएका एक पिडितले ‘जिवन बचाउको’ याचना गरेका छन् । खोटाङ्ग बाम्राङ्ग–८ सामातुङका ४४ वर्षिय टंकराज राईले आफ्नो शरीरमा भएको दुई वटै मृगौला काम नदिने थाहा पाएपछि जिवन बचाउका लागी सहयोगको अपिल गरेका हुन् । 
विगत पाँच महिनायता दैनिक औषधीका भरमा जिवन धानीरहेका तथा हप्तामा दुईपटकका दरले बेकामे मृगौला डायलसिस गराउँदै आएका पिडीत परिवारको आर्थिकस्थिती कमजोर हुँदा सबैसमक्ष सहयोगको आव्ह्वान गरेका छन् । सुरुमा घाँटी दुख्ने,जिउ कालो हुने,पेट सुन्निनेजस्ता समस्या देखिएपछि गत साउन २१ मा गोल्डेन अस्पताल बिराटनगरमा चेकजाँच गराउँदा त्यहाँका डाक्टर रमेश कुमार चौरासियाले राईको दुबै मृगाौला फेल भएको पुष्टि गरेको हो ।
‘एकवटा मात्रै मृगौला ट्रान्सर्फर गर्न सकिए आफुले नयाँ जिवन पाउने तथा श्रीमती र छोरीको भविष्य बनाउन पाउने’ पिडीत राईले अस्पतालको शैयाबाट फोन सम्पर्कमा सुनाए । तपाईहरुकै आफन्त काकाबुवा,दाजुभाई सम्झेर सहयोग गरीदिनु होला,मलाई बचाउनु होला । मृगौला बिग्रिएपछी परिवार अविभावक विहीनजस्तो भएको छ ।  मृगौलाका लागी आफन्त तथा अन्य मानिसहरुमा सोधपुछ भईरहेको र नयाँ मृगौला ट्रान्सर्फर गर्नका लागी २० देखी २५ लाख लागत लाग्ने पिडित राईले भाव विव्ह्वल मुद्रामा बताए । 
मृगौला फेल भएदेखी दैनिक औषधी तथा सामान्य चेकअप गराउँदा मात्र अहिलेसम्म पाँच लाख सकिएको छ बाँकी रकम परिवारको आर्थिक स्थिती भन्दा बाहिर तथा परिपुर्ती गर्न नसक्ने हुनाले सबैलाई सहयोगको अपिल गरिएको स्थानिय योगिन राईले बताए । तत्कालका लागी पिडीत राईलाई सहयोग गर्न चाहानु हुने सहयोगीहरुले ९८२५७९१५१३/९८२३५५५२५३ मा सम्पर्क गर्न सकिने ब्यावस्था मिलाईएको छ ।
पिडीत राईका लागी उपचारार्थ सहयोग रकम जुटाउन देश तथा बिदेशमा रहेका आम सहयोगी हातहरुलाई सिघ्ररुपमा आग्रह गरिने तथा चाँडै बंैक खाता खोलिने स्थानिय एलिना राईले बताउनुभयो । उपचारको सिलसिलामा हाल मोरङ्ग लेटाङ्ग भोगटेमा बसोवास गरिरहेका परिवारमा एक श्रीमती एक छोरी रहेको छ ।