
खोटाङ भदौ–७, युरोप भ्रमणका क्रममा रहनुभएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराई विश्वबिख्यात दार्शनिक कार्लमाक्र्सको जन्मस्थलदेखि समाधिस्थलसम्म पुग्नुभएको छ । करिव एक महिने भ्रमणको क्रममा रहनुभएको खोटाङका सांसद भट्टराईले महान विचारक माक्र्सको जन्मस्थल जर्मनीको ट्रियर र समाधिस्थल वेलायतस्थित हाईगेटको प्रत्यक्ष अध्ययन तथा अवलोकन गर्नुभएको हो ।
गत श्रावण २२ गतेदेखि भ्रमणमा रहनुभएको भट्टराईले संसारको सर्वाधिक प्रभावशाली दार्शनिक माक्र्ससँग सम्वन्धित स्थलहरुको प्रत्यक्ष अवलोकन गर्ने अवसर मिलेकोमा आफुलाई भाग्यमानी ठान्नुभएको छ । उहाँले त्यस अवसर मिलाईदिने ब्यक्तिहरुलाई आभार प्रकट गर्नुभएको छ । ‘माक्र्सको जन्म र मृत्युसँग जोडिएका दुवै ठाउँमा पुग्नु पाउनु गौरवको विषय मानेको छु ।’
दार्शनिक तथा महान विचारक माक्र्ससँग सम्वन्धित स्थल पु¥याउन सहयोग गर्ने ब्यक्तिहरुलाई धन्यवाद दिदैं सांसद भट्टराईले उल्लेख गर्नुभएको छ–‘ सहयोग गर्नुहुने राजन राई, राजेन्द्र पुडासैनी, नारायण गुरुङ र केजिन राईलाई धन्यवाद ।’
खोटाङ सेवा समाज युके लगायत युरोपमा रहेका संघसंस्था तथा तिनका पदाधिकारीहरुको पहलमा करिव एक महिने भ्रमणमा जानुभएको भट्टराईले वेलायतस्थित विश्व चर्चित स्थानहरुको अध्ययन तथा अवलोकन गर्नुभएको छ । उहाँले लण्डन टावर बृज, सांसद भवन, मध्यरेखा तथा थोमस रिभर जस्ता स्थलहरुको भ्रमण गर्नुभएको छ ।
समाजसेवी तथा नेकपाका नेता देवान राईसँगै रहनुभएको भट्टराईले भ्रमणपछि नेपालमा गर्नुपर्ने र गर्न सकिने विकासका कामहरु धेरै भएको अनुभूति गर्नुभएको छ । पुराना ऐतिहासिक र नयाँ संरचनायुक्त आधुनिक शहर, सफा र फराकिला सडकहरुले भट्टराईको ध्यान खिचेको छ । त्याँहाका विकास, समाज र संस्कृतिको अध्ययन तथा अवलोकन आफ्नो लागि महत्वपूर्ण भएको उहाँले उल्लेख गर्नुभएको छ । निजी कामका साथै सार्वजानिक कार्यक्रमका लागि वेलायत र युरोपेली भ्रमणमा रहेको टोलीमा समाजसेवी तथा युवा नेता पारुहाङ राई पनि सामेल रहनुभएको छ ।
उहाँले समाजका उपाध्यक्ष ईश्वर चाम्लिङ र वरिष्ठ सदस्य खगेन्द्र राई लगायतलाई सामाजिक सञ्जालमार्फत धन्यवाद ब्यक्त गर्नुभएको छ ।