खोटाङ भदौ–६, खोटाङको प्रसिद्द हलेसी क्षेत्रमा लगाईएको अवैध गाँजा खेति प्रहरीले नष्ट गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–५ हैंदेमा स्थानीयले लगाएको करिव १३ सय वोट गाँजा प्रहरीले फँडानी गरेको हो ।

स्थानीयले लगाएको अवैध गाँजालाई ईलाका प्रहरी कार्यालय हलेसीवाट खटिएका प्रहरी टोलीले विहिवार फाँडानी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले उल्लेख गर्नुभयो ।

यसअघि, गत सोमवार सोही नगरपालिकाको वडा नम्बर ७ स्थित माथिल्लो काभ्रे र तल्लो काभ्रेमा स्थानीयले लगाएका ६ सय वोट गाँजा प्रहरीले नष्ट गरेका थिए ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here