भदौ–२ खोटाङ , सत्तारुढ दलकी प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा सरकार भन्दा बलियो भ्रष्टाचार र भ्रष्टाचारी भएको भन्दै प्रश्न उठाउनुभएको छ । आईतबार प्रदेशसभाको बैठकमा विशेष समय लिएर प्रदेशसभा सदस्य राईले भ्रष्टाचारको अन्त्य गर्ने सरकारको प्रयत्नका वावजुद पनि सरकारभन्दा भ्रष्टाचारी बलियो बनेको भन्दै प्रश्न उठाउनुभएको हो ।

‘सरकारले भ्रष्टाचार अन्त्य गर्ने प्रयत्न गरिरहेको छ, सरकारले विभेद अन्त्य गर्ने प्रयत्न गरिरहेको छ,’ खोटाङकी सांसद राईले प्रश्न गर्नुभयो–‘तर पनि यहाँ किन सरकारभन्दा बलियो भ्रष्टाचार र भ्रष्टाचारीहरु बनिरहेका छन् ? किन बारम्बार विभेद बल्झिेन गर्छ, बारम्बार किन हिंसाले मान्छेलाई डसेर सिध्याउने गर्छ !’

प्रदेशसभा सदस्य राईले नेपाली जनता र शहिदको रगतले लेखिएको नेपालको संविधान २०७२ को अक्षरस पालना नहुँदा भ्रष्टाचार, विभेद र हिंसाले प्रश्रय पाएको वताउनुभएको छ । उहाँले संविधानमा स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रि«य एकता, स्वाधिनता, स्वाभिमानलाई अक्षुण्ण राख्ने, विभेदको अन्त्या गर्ने कुरा उल्लेख गरिए पनि सरकार तथा प्रतिपक्षी दलले संविधानको कार्यान्वयनमा उदासिनता देखाएको उल्लेख गर्नुभयो ।

संविधानमा लेखिएको अक्षर कालो मसीको थोपा मात्र नभई शहिद, नेपाली जनताको त्याग, तपस्या र रगतले लेखिएको अक्षर भएको सांसद राईले स्मरण गराउनुभयो । ‘तर यी विषयबाट हामी कतातिर जाँदैछाँै भन्ने प्रश्न उठिरहेको छ ।’ उहाँले प्रतिपक्षी दललाई पनि संकेत गर्नुभयो–‘यो सरकारप्रतिको मात्र प्रश्न होईन । प्रतिपक्षी पनि जिम्मेवार हुनु पर्छ ।

प्रदेशसभा सांसद राईले वर्तमान सरकारले सामाजिक विभेद अन्त्य गर्ने कुरा गरिरहे पनि महिलामाथिको हिंसा, बलात्कार तथा दलितमाथिको छुवाछुत दोहोरिरहेको वताउनुभयो । ‘हामी बोल्छौँ, प्रतिवद्धता गर्छौँ । तर कार्यान्वयनमा कहाँ चुकिरहेका छौँ ।’ आमुल परिवर्तनका लागि संघर्ष र क्रान्ती भएको तर ती क्रान्तीका विषयहरु, दुःख र कष्टका आवाजलाई विर्सिदै गएकोमा ध्यानाकर्षण गराउन परेको उहाले जनाउनुभयो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here