खोटाङ साउन३२,  संविधानको मर्म र भावना विपरित लोकसेवा आयोगको विज्ञापन खुलाईएको भन्दै आन्दोलनरत पक्षले खोटाङमा लाठी जुलुस निकालेको छ । आरक्षणको व्यवस्थालाई हटाएर विज्ञापन खुलाईएको भन्दै विरोधमा उत्रिएका नेपाल आदिवासी जनजाति महासंघ खोटाङ र संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले दिक्तेलवजारमा शनिवार लाठी जुलुस निकालेका हुन् ।

असमावेशी लोकसेवा आयोगको विज्ञापन विरुद्ध आन्दोलन गर्दै आएको संघर्ष समितिले किरातचोकबाट हातहातमा लाठीसहित ‘आरक्षण बचाउ आन्दोलन जारी छ’ लेखेको व्यानर बोकेर जुलुस निकालेका थिए ।

समानुपातिक समावेशी अन्र्तगत असम्बैधानिक लोकसेवा आयोगको परीक्षाहरु तत्काल बन्द गरी समानुपातिक समावेशीका आधारमा परीक्षा सञ्चालन गर्न आन्दोलनरत समितिले माग गरेका छन् । आन्दोलनरत समितिले किरातचोकबाट पूरानो वेशक्यामसम्म जुलुस निकालेका हुन् ।