
खोटाङ, मंसिर–३, खोटाङस्थित दिक्तेलवजारमा भएको भिषण आगलागीवाट जनधन जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यवसायी राजु श्रेष्ठलाई ‘विबेकशिल नागरिक सम्मान’ गरिएको छ । गत कात्तिक २३ गते बिहान ३ बजे वजारै सखाप हुने गरी रत्नपार्कमा भएको भिषण आगलागीबाट जनधन जोगाउन विना पर्वाह खटिने व्यवसायी राजु श्रेष्ठलाई लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाले उक्त सम्मान गरेको हो ।
आगलागी भएको थाहा पाए लगत्तै रातका समयमा दिक्तेलबजारका घरघरमा पुगेर ढोका ढकढकाउँदै ब्युँझाउनका साथै आगो नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै श्रेष्ठलाई ११ हजार नगद सहित ‘विबेकशिल नागरिक सम्मान’ प्रदान गरेको हो । आगलागीवाट मानवीय तथा भौतिक क्षति जोगाउन भूमिका निर्वाह गर्ने श्रेष्ठलाई ‘हिरो’को उपमा दिँदै नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दमन राईको हातबाट नगद हस्तान्तरण गरिएको हो । श्रेष्ठलाई सहकारीको साधारणसभामा खदा तथा विशेष सम्मान–पत्रले सम्मान गर्ने सहकारीको अध्यक्ष अनिल जोशीले वताउनुभयो । दिक्तेलवजारको पूरानो वैंकचोकस्थित सहकारीको कार्यालयमा उक्त सम्मान प्रदान गरिएको हो ।
१ लाख रुपैंयाँ राशीको सम्मान अक्षय कोषबाट श्रेष्ठलाई सम्मान गरिएको अध्यक्ष जोशीले बताउनुभयो । उक्त सम्मान वार्षिक रुपमा सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याउने एक जनालाई प्रदान गरिने संस्थाले जनाएको छ ।
अम्बिका बुढाथोकीको घरबाट सुरु भएको आगोका कारण बुढाथोकी र कृष्णकुमार राईकोे घर पूर्ण र अन्य तीन घरमा आंशिक क्षति पुगेको थियो । आगालागीबाट तीन करोडको क्षति भएको अनुमान गरिएको छ । समयमै गुहार नपुगेको भए वजारमा विशाल क्षति पुग्ने अनुमान गरिएको छ ।

२०७२ साल मंसिर १० गते दिक्तेलमा सेवा सुरु गरेको सहकारीको बार्षिकोत्सवको अवशरमा श्रेष्ठलाई लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका उपाध्यक्ष हरिहर श्रेष्ठले अग्नी पिडित श्रेष्ठलाई तथा लेखा समिति सदस्य रमा शाक्यले अग्नी पीडित खत्रीलाई राहत प्रदान गरेका हुन् । अग्नी पिडितलाई सहकारीले स्थापना गरेको विपद व्यवस्थापन कोषबाट राहत प्रदान गरिएको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष जोशीको भनाई छ ।