खोटाङ, २८ पुस । खोटाङमा १९ औं भूकम्प सुरक्षा दिबस मनाउने तयारी गरिएको छ । ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भुईँचालो थेग्ने घर र भौतिक पुर्वाधार’ भन्ने नारासहित माघ २ गते दिवस मनाउने तयारी गरिएको हो ।
दिबस मनाउनकालागि बिहिबार जिल्ला प्रशासन कार्यालयले तयारी बैठक आयोजना गरेको छ । रेडक्रस, सबल परियोजना, जनसेवा समाज, बालसेवा समाज, नवकिरण सेवा समाज लगायतको सहकार्यमा दिवस मनाउने टुंगो लगाइएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।

दिबसको अबशरमा बिहान दिक्तेलको रत्नपार्कबाट सुरु गरिने ¥याली जिबिसको हलमा पुगेर कार्यक्रममा परिणत हुने जानकारी दिइएको छ । सरकारले विसं २०५६ देखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।