खोटाङ साउन–२३, सानै उमेरमा गायनवाट चर्चा कमाउन सफल खोटाङकी वाल प्रतिभा कन्चन राईको पहिलो गीत तथा भिडियो सार्वजानिक भएको छ । ऐसेलुखर्क गाउँपालिका–२ वाकाचोलकी १२ बर्षिया गायिका राईको मेरो ‘प्यारो वावा, मेरी प्यारी आमा..’ वोलको गीत तथा भिडियो विहिवार सार्वजानिक भएको हो ।

जादुमयी गायकी कला वोकेकी प्रतिभा कन्चनको गीत तथा भिडियो ‘चिण्डो च्यानल’ युट्युवमार्फत सार्वजानिक गरिएको छ । प्रमोद श्रेष्ठको शब्द, पदम थुलुङ राईको संगीत तथा एरेन्जमा रहेको गीतलाई समाजसेवी दिनेश राईले निर्माण गरिदिनुभएको हो । सानै उमेरमा राम्रो कला र गला पाईएकोले उनको प्रतिभाको कदर स्वरुप गीत निर्माणका लागि सौजन्य गरेको राईको भनाई छ । समाजसेवी राईका अनुसार साना उमेरका प्रतिभाहरुका लागि लगानी तथा अवसर दिनु भनेको नै भविश्यमा राम्रो कलाकार प्राप्त गर्नु हो ।

कन्चनको प्रतिभा उजागारका लागि स्वयम संगीतकार थुलुङ, गीतकार श्रेष्ठ, ओपेरा डिजिटल रेकर्डिङ स्टुडियोका सञ्चालक तथा रेकर्डिष्ट मनि ताम्लिङ लगायतले समेत वातावरण बनाईदिएको अभिभावकको भनाई छ । राम्ररी मुख नलाग्दादेखि नै गीत गाउन थालेकी कन्चनलाई गायिका नै वनाउने वुवा गुणराज राईको भनाई छ । छोरीको प्रतिभालाई मर्न नदिई निरन्तर साधनाका लागि अवसर दिने वुवा गुणराज सुनाउनुहुन्छ ।

कन्चनको गायकी नेपाली संगीतवजारमा राम्ररी विक्न सक्ने गुणस्तरको भएको गीतसंगीतकर्मीहरु सुनाउँछन् ।
९ कक्षामा अध्ययनरत कन्चन १ बर्षअघिदेखि दिक्तेलवजारस्थित साईनो कला केन्द्रमा संगीतको साधनमा छिन् ।