खोटाङ साउन–१६, गायक रेवत राईको नयाँ गीति भिडियो सार्वजानिक भएको छ । गायक राईको एकल गीति एल्बम ‘लय’मा समावेश ‘१६ वर्षे ठिटो’ नामक गीतको भिडियो हालै सार्वजानिक गरिएको हो ।

विशा गुरुङको शब्द, वादल लिम्बुको संगीत तथा उदयराज पौडेलको एरेन्ज रहेको गीतको भिडियोमा फुलन्देकी आमा(उमेश राई), आरुशी मगर, जीतेन वान्तवा राई र स्वयम गायक रेवतले अभिनय रहेका छन् । नेत्र किरातीको निर्देशन रहेको गीति भिडियोलाई चल्तीको भिडियोहरुभन्दा फरक ढंगले प्रस्तुत गर्ने अभ्यास गरिएको गायक राईले सुनाउनुभयो । भिडियोलाई सम्वादबाट शुरु गरी सम्वादबाटै अन्त्य गरिएको छ ।

गायक राईको आर स्क्वायर नामक युट्युव च्यानलवाट सार्वजानिक गरिएको भिडियोलाई छोटो समयावधीमै उल्लेख्य रुपमा रुचाईएको छ । उक्त भिडियो सार्वजानिक भएको एक दिन नवित्दै ११ हजार बढीले हेरिसकेका छन् ।

केपी क्र्युको नृत्य रहेको भिडियोमा पेमा लामाले कोरियोग्राफी तथा डीएम प्रसाईंले क्यामेरा चलाउनुभएको छ । संगीतकार समेत रहनुभएको रेवत राइलाई अव्वल तथा स्थापित युवा गायकको रुपमा लिईन्छ । अनगिन्ति गीतहरु वजारमा ल्याईसक्ुनभएको राईको यसअघि पनि दर्जनौं गीति भिडियोहरु सार्वजानिक भईसकेका छन् । हेर्नुहोस भिडियो-