खोटाङ साउन–१४, नेपाली गीतसंगीतको भुगोलमा ठूलो हिस्सा ओगट्न सफल खोटाङको भुमिले फेरि अर्की एक प्रतिभालाई जन्म दिएको छ । ऐसेलुखर्क गाउँपालिका, वाकाचोलकी १२ बर्षिया कन्चन राई रावा जस्तै कन्चन आवाजका साथै जादुमयी गायकी कला लिएर सांगीतिक क्षेत्रमा उदाउनुभएको हो ।
राम्ररी मुख नलाग्दादेखि नै गीत गाउन थाल्नुभएकी कन्चनले हालसम्म आफ्नो गला निख्खर, तिख्खर र सरस बनाईसक्नुभएको छ । जिल्लाव्यापी गायन प्रतियोगिता खोटाङ आईडल र हलेसी साईनो स्टारमा गायन खुवी प्रदर्शन गर्दै एकाएक दर्शक तथा श्रोताका मनमा पस्नुभएकी कन्चनले हालै मात्र एक गीत रेकर्ड गर्दै औपचारिक हिसावले सांगीतिक महाकुम्भमा प्रबेश गर्नुभएको छ ।
कन्चनको कला, गला, मेहनत, त्याग तथा समर्पणभरि सम्भावना पहिल्याएको साईनो कला केन्द्रले निशुल्क संगीत सिक्ने मौका दिएर उहाँको सांगीतिक वाटो फराकिलो वनाउन सहयोग गरिरहेको छ । गायक तथा संगीतकार पदम थुलुङ, संगीतप्रेमी, समाजसेवी दिनेश राई लगायतले कन्चनको आवाजमा ऐ्तिहासिक रुपमा पहिलो गीत रेकर्डका लागि आर्थिक तथा व्यवस्थापकीय रुपमा भूमिका निभाउनुभयो । अन्तत : प्रमोद श्रेष्ठको शव्द, पदम थुलुङको संगीत तथा ऐरेञ्जमेण्टमा ललितपुरस्थित ओपेरा डिजिटल रेकर्डिङ स्टुडियोमा हालै मात्र ‘मेरो प्यारो वावा, मेरी प्यारी आमा..’वोलको गीत रेकर्ड भएको छ ।
केही दिनमा नै उक्त गीत सार्वजानिक हुने संगीतकार थुलुङको भनाई छ । कन्चनको गायकी नेपाली संगीतवजारमा राम्ररी विक्न सक्ने गुणस्तरको भएको गीतसंगीतकर्मीहरु सुनाउँछन् । छोरीको प्रतिभालाई उजागार गर्न कुनै कसर बाँकी नराख्ने वुवा गुणराज राई सुनाउनुहुन्छ ।
गीतसंगीतवाटै अघि बढ्ने लक्ष्य भएको गायनमा खप्पिस कन्चनको उक्ति छ । ‘९ कक्षामा पढ्दै जिल्लामै संगीत सिकिरहेको छु ।’ कन्चन भन्नुहुन्छ–‘एसईई पास गरेपछि काठमाण्डौं बसेर पढ्दै संगीत सिक्नेछु ।’
कन्चनको प्रस्तावमा वुवा गुणराज सहमत हुनुहुन्छ–‘छोरीलाई अरु कुनै लाईनमा लगाउँदिन अव यही क्षेत्रमा अगाडी बढाउने हो ।’ छोरीको प्रतिभा प्रस्तुतिका लागि अवसर दिनका लागि गुणराजको सवैसँग आग्रह छ । ‘अव यो क्षेत्रमा स्थापित हुन मिडिया लगायत सवैको साथ सहयोग, चासो, मायाँ र सद्भाव चाहिन्छ ।’ उहाँ भन्नुहुन्छ–‘यदि त्यसो भएमा मेरो छोरीले पक्कै राम्रो गर्नेछिन् ।’