खोटाङ — चन्द समूहले जिल्लाका अधिकांश स्थानीय तह तथा विद्यालयहरुमा चन्दा आतङ्क मच्याएका छन् । जनताको शासन व्यवस्था ल्याउन सबैले सहयोग गर्नु पर्ने भन्दै चन्दा दिन उर्दी जारी गरेका हुन् ।

जिल्लाका विभिन्न पालिकाहरुबाटै चन्दा असुलेको खुलासा समेत भएको छ । केही पालिकाले एक लाख रुपैयाँसम्म चन्दा दिएको स्रोतले बताएको छ । त्यसको श्रेस्ता नदेखिने गरी मिलाएर दिइएको एक प्रमुख प्रशासकीय अधिकृतले बताए । ‘हाम्रो सरकारको चाला यस्तै छ,’ नेकपा सम्बद्ध एक पालिका अध्यक्षले भने, ‘मिलाएर नदिए खैरियत छैन ।’

खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह छन् । त्यस्तै विद्यालयहरुमा पनि चन्दा उर्दी गरेको प्रअहरुले बताएका छन् । गत जेठ–असारदेखि नै चन्दा मागेको एक प्रअले बताए । उनका अनुसार हरेक चौमासिक बराबर एक दिनको तलव माग गरेका हुन् ।

केही विद्यालयहरुले असारमा चन्दा उपलब्ध गराइसकेका छन् भने केहीले अर्को चौमासिकमा दिने बचन दिएको एक प्रअले बताए । जिल्लामा चार सय ९० वटा विद्यालय छन् । खोटाङका प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले भने चन्दा आतङ्कबारे कुनै सूचना नआएको बताए । – कान्तिपुरबाट साभार



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here