
खोटाङ ७ साउन । खोटाङको सदरमुकाम दिक्तेलमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिक अनावरण गरिएको छ ।
पुष्पलालको ४१ औं स्मृति दिवसको अवसरमा दिक्तेलस्थित पुष्पलाल स्मृति भवन परिसरमा शालिक अनावरण गरिएको हो ।
सालिक अनावरण कार्यक्रम नेकपाकी केन्द्रीय सदस्य दुर्गाजयन्ती राई, समिता कार्की, नेकपा प्रदेश सदस्य सुरेश राई, नेकपा प्रदेश कमिटी सदस्य तथा जिसस प्रमुख बबी राई, नगरप्रमुख दिपनारायण रिजाल लगायतको उपस्थिति रहेको थियो ।