साउन–५ खोटाङ,  खोटाङमा लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेका आनदोनकारी रिहा भएका छन् । शनिबार दिक्तेल बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको आयोगको पाँचौं तहको परीक्षा हलमा प्रवेश गरी प्रश्नपत्र च्यात्न खोजेको भन्दै पक्राउ परेका चार जना आन्दोलनकारी आईतवार वेलुकी रिहा भएका हुन् ।

लोकसेवा आयोगले निकालेको असमावेसी विज्ञापनको विरोध गर्दै आन्दोलनमा उत्रिएका नेपाल आदिबासी जनजाति महासंघका सचिव रविन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार, सविना अछामेलाई रिहा गरिएको हो ।

पूर्वसभाषद एबं नेकपाकी केन्द्रीय सदस्य समिता कार्की, नेकपाका नेता कुमार आचार्य, नेपाली कांग्रेसका नेता सुमानबाबु आचार्य र समाजवादी पार्टीका नेता टंक थापाको रोहबरमा चार जना छुटेका हुन् । चारै जनालाई नेपाल आदिबासी जनजाति महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईको जिम्मामा छाडिएको छ ।

प्रश्नपत्र च्यात्न खोजेकामा आत्माआलोचना सहित गल्ती नदोहो¥याउने शर्तमा छाडिएको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले बताउनुभयो । पक्राउ परेका आन्दोलनकारी रिहा भएको खुसीयालीमा आदिबासी जनजाति महासंघ एबं आदिबासी जनजाति संघसंगठन आवद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले दिक्तेलबजारमा ¥याली निकालेको छ ।

संविधानमा व्यवस्था समावेसी र समानुपातिक व्यवस्था विपरित लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा शनिबार आव्हान गरिएको १ नम्बर प्रदेश बन्द अन्तरगत परीक्षा केन्द्रमा पुगेका चार जनालाई प्रहरीले धरपकड गरेको थियो ।

पक्राउ गर्नेक्रममा उनीहरुलाई प्रहरीले अमानवीय ढंगले कुटपिट गरेको आन्दोलनकर्मीको भनाई छ ।
संविधानमा व्यवस्था गरिएको लोकसेवा आयोगको आरक्षण कोटा कटौती गरेको विरोधमा आदिबासी जनजाति सम्वद्ध संघसंगठनले संघर्षका कार्यक्रम गर्दै आएको छ ।