
खोटाङ साउन–३, बर्षासँगैको बाढी–पहिरोका कारण अवरुद्द सडक खुलेपछि खोटाङ–काठमाण्डौं सिधा यातायात सुचारु भएको छ । ९ दिनअघिदेखि अवरुद्द सडकका अवरोध हटाईएपछि शुक्रवारदेखि उक्त रुटको यातायात सेवा सुचारु भएको हो ।
अविरल बर्षासँगै गएको बाढी–पहिरोले उक्त रुटको सयौं स्थानमा अवरोध पु¥याएको थियो । ती अवरोध हटाइएपछि यातायात सेवा सुरु गरिएको खोटाङ यातायात प्रालिका महासचिब रामकुमार हिङमाङले बताउनुभयो ।
्महासचिब हिङमाङका अनुसार शुक्रवार विहान खोटाङ तथा काठमाण्डौंबाट सवारी साधन छुटेका छन् । खोटाङस्थित जयरामघाट नजिकको डौंठेखोला र उदयपुरको घुर्मीको पहिरोलाई पुर्ण रुपमा हटाउन नसकिए पनि दिउँसोसम्ममा खुलाईसक्ने जनाईएको हिङमाङको भनाई छ । शनिवार विहानदेखि नियमित रुपमा यातायात सुचारु गरिने यातायात ब्यवसायीहरुले जनाएका छन् ।
सडक सञ्चालन नहुँदा काठमाण्डौं लगायत तराईका जिल्ला आवत–जावत गर्न ठप्प बनेको थियो । अवरुद्ध सडक खुल्न नसक्दा काठमाण्डौं–खोटाङ दिनमा दुई पटकसम्म हेलिकोप्टर चार्टर भईरहेको छ ।
बाढी–पहिरोका कारण अवरुद्द सडक खुल्न नसक्दा आकस्मिक कार्यका लागि यात्रुहरुले २ लाखदेखि २ लाख २० हजार रुपैंयाँ तिरेर हेलि चार्टर गरेका छन् ।
सडक अवरुद्द हुँदा शनिवारदेखि दिक्तेलवजारमा हुने लोकसेवाका परीक्षार्थीलाई सहभागी बन्न समस्या भएको छ ।