खोटाङ, पुस ११ । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले स्थानीय तह पुनःसंरचनाको विषयमा असन्तुष्टी जनाउँदै अनिश्चितकालिन बन्द आव्हान गरिएको क्षेत्रमा स्थलगत अनुगमन गरेको छ ।
आयोगको उपक्षेत्रीय कार्यालयले सडक, शैक्षिक संस्था तथा सरकारी कार्यालय ठप्पा पारिएका नुनथला, ईन्द्रेणीपोखरी, सिमपानी, लिच्कीराम्चे र चिप्रीङ गाबिसमा पुगेर अनुगमन गरेको हो । महुरेगढी गाउँपालिकालाई हटाएर लामीडाँडा गाउँपालिका बनाइएको बिरोधमा पुस २३ गतेदेखि बन्द गरिएको मध्यपहाडीलोकमार्गको नुनथला क्षेत्रको अवस्थाका बिषयमा आईतबार निरिक्षण गरेको आयोगले सोमबार ईन्द्रेणीपोखरी, सिमपानी, लिच्कीराम्चे र चिप्रीङमा पुगेर बन्दको अशरका बिषयमा अनुगमन गरेको जनाएको छ ।
अनुगमनका क्रममा ईन्द्रेणीपोखरी, सिमपानी, लिच्कीराम्चे र चिप्रीङ गाबिसका सरकारी कार्यालय पूर्णरुपमा ठप्प पारिएको पाइएको आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलका प्रमुख दिपक घिमिरेले बताए । अनिश्चितकालिन बन्द आव्हानलाई खुलाउन बन्दकर्तालाई आग्रह गरिएको आयोगले जनाएको छ ।