खोटाङ असार–२४, खोटाङको दिक्तेलबजारमा बिक्रीमा राखिएको सडिएको माछा नष्ट गरिएको छ । दिक्तेलबजारमा बिक्रीका लागि राखिएको करिब १५ केजीभन्दा बढि दुषित माछा नष्ट गरिएको हो ।

बैंकचोक टोल पुर्वाधार विकास तथा व्यावसाय प्रवद्र्धन समितिले नगरपालिकालाई खबर गरेपछि नगरपालिकाको कृषि तथा पशु बिकास शाखा, बाणिज्य संघ लगायतको रोहवरमा माछा नष्ट गरिएको मेयर दिपनारायण रिजालले बताउनुभयो ।
सिराहाबाट आएका एक व्यवसायीले दिक्तेलमा बिक्रीका लागि राखेको माछा सडेर खानका लागि अयोग्य भएको पाइएको हो । गत शनिबार सडेको माछा बिक्री गरिरहेको पाइएपछि बिक्री नगर्न आग्रह गर्दा व्यवसायीले बेवास्ता गरेकाले नगरपालिकालाई खबर गरिएको बैंकचोक टोल पुर्वाधार विकास तथा व्यवसाय प्रवद्र्धन समितिका सदस्य छत्र बजिमयले बताउनुभयो ।