खोटाङ असार–२३, खोटाङ खार्मीका क्यान्सर पीडित प्रविण राईको जीवन रक्षाका लागि देशविदेशमा रहेका सहयोगीहरु जुटिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी देउसाली गाउँका २४ वर्षिय प्रविण राईको आमाशयमा क्यान्सर भई उपचारमा आर्थिक समस्या भएपछि सहयोगीहरु जुटेका हुन् ।

आमाशय(ठूलो आन्द्रा)मा अप्रेशन नै गर्न नमिल्ने गरी क्यान्सर भएको प्रविणको उपचारका लागि परिवारको आर्थिक अवस्थाले नधान्ने भएपछि शुभचिन्तकले ‘प्रविण बचाउँ’ अभियान थाली सहयोग संकलन शुरु गरेका छन् । उक्त अभियान थालेको केही दिनमा नै करिव २ लाख रुपैंयाँ जुटेका छन् ।

केएमसी अस्पताल र भक्तपुरको क्यान्सर अस्पतालमा महंगो खर्चमा समेत सफल उपचार हुन नसकेपछि प्रविणलाई ललितपुर सातदोवाटाको नखिपोटस्थित ‘अन्तिम बिकल्प’ नामक स्वास्थ्य संस्थामा आयुर्बेदिक पद्दतीको उपचार गराईराखिएको छ । सामान्य आर्थिक अवस्थाका प्रविणको उपचारमा परिवारले ८ लाख रुपैंयाँका हाराहारीमा ऋण लिँदा समेत सम्भव नभएको आफन्तले जनाएका छन् ।

मासिक ९० हजार रुपैंयाँ उपचार खर्च मात्र ब्यहोर्दै ४ महिना भक्तपुर क्यान्सर अस्पतालमा राखिएपछि अस्पतालले नै निकाल्न सुझाव दिएको विरामीको फुपु विरस राईले सुनाउनुभयो । ‘४५ हजार रुपैंयाँका दरले महिनामा २ पटक किमो चढाउँदै राख्नुपर्ने रहेछ तर किमोकै भरमा मात्र बाँच्ने, दीर्घकालिन उपचार नहुने ।’ आफन्त खविराज राई भन्छन्–‘त्यसरी त के खर्च मात्र गरिराख्नु भनेर डाक्टरले नै हस्पिटलबाट निकाल्नु भनेको रे ।’

आयुर्वेदिक पद्दतीको उपचारले १० महिनामा ठीक बनाउने आश्वासन दिएको आफन्तले जनाएका छन् । उक्त पद्दतीको उपचारमा पनि महिनामा ४५ हजार रुपैंयाँ बढीको औषधी उपचार खर्च लाग्ने जनाईएको छ ।

परिवारले खर्च धान्नै नसक्ने भएपछि शुभचिन्तकले केही दिन अघि थालेको सहयोग अभियानमा देशविदेशका सहयोगी जुटिरहेको आफन्त सन्तोष राईले उल्लेख गर्नुभएको छ । हालसम्म कुल १ लाख ७३ हजार रुपैंयाँ देशविदेशका सहयोगीबाट जुटेको र सहयोग गर्ने बचनवद्दता आएको जनाईएको छ ।

प्रविणको जीवन रक्षार्थ सहयोगका लागि एनआईसी एसिया बैंकमा खाता सञ्चालन गरिएको छ । प्रविण बचाउनका लागि उक्त बैंकको खाता नम्बर (एच ००२०१५४१४५५२४०१) मा सकेको सहयोग रकम जम्मा गर्न आव्हान गरिएको छ ।
वावुआमाको एक मात्र सन्तान प्रविणलाई नयाँ जीवन दिन सकिने अभियन्ताहरुको आत्मविश्वास छ । भन्छन्–‘ हामी सवै जुट्यौं भने जुनै हालतमा पनि प्रविणलाई बचाउन सकिन्छ ।’

हालसम्म आएका सहयोगीहरुको नामावली र सहयोग रकम
राजकुमार श्रेष्ठको पहलमा(साउदीवाट) – ३३ हजार ५ सय ४५ रुपैंयाँ ।
ईन्द्रकला राई(हङकङ) – १५ हजार रुपैंयाँ ।
नैनकला राई(काठमाण्डौं) – २ हजार रुपैंयाँ ।
भलवहादुर राई – १५ हजार रुपैंयाँ ।
राजकुमार राई – १० हजार रुपैंयाँ ।
खविराज राई – १० हजार रुपैंयाँ ।
कटक राई – २ हजार रुपैंयाँ ।
मौलकुमार राई – २ हजार रुपैंयाँ ।
ध्रुवकुमार राई – १ हजार रुपैंयाँ ।
कल्पना राई – २ हजार ५ सय रुपैंयाँ ।
रन्जना राई – २ हजार ५ सय रुपैंयाँ ।
अशोक श्रेष्ठ – ६ हजार रुपैंयाँ ।
तुलसा राई – ५ हजार रुपैंयाँ ।
विमला श्रेष्ठ(प्रशान्त) – ५ हजार रुपैंयाँ ।
उत्तरकुमार राईको साथीहरुवाट– ४ हजार ३ सय रुपैंयाँ ।
तेज साम्पाङ – ४३ हजार रुपैंयाँ ।
हर्कवहादुर राई – १० हजार रुपैंयाँ ।
भिषण श्रेष्ठ – ५ हजार रुपैयाँ ।