खोटाङ, १५ माघ । नेकपा क्रान्तीकारी माओबादी खोटाङले पार्टी सुढृडिकरणकालागि तीन महिने अभियान थालेको छ । 
जिल्लामा पार्टीको बलियो पकड निर्माणका लागि क्रान्तीकारी माओबादीले शरिबारदेखि तीन महिने ‘संगठन बिस्तार तथा सुढृडिकरण र जनपरिचालन’ अभियान सुरु गरेको हो ।
अभियान उदघाटनका क्रममा माओबादीका नेता तथा कार्यकर्ता । तस्बिर: कल्याण बस्नेत
 ‘राष्ट्रियता, जनतन्त्र तथा जनजिबीकाकालागि संघर्ष गरौँ, पश्चगामी संबिधानको खारेजी, संघीय जनगणतान्त्रिक संबिधान निर्माणकालागि संघर्ष गरौँ’ भन्ने नारासहित सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा नेकपा क्रान्तीकारी माओबादीका सेक्रेटरी सुनिल चौंलागाईले अभियानको सुरुवात गरेका हुन् । अभियान आगामी चैत्र ५ गतेसम्म जारी रहने पार्टीले जनाएको छ ।
 बैसाखताका हुने पार्टीको राष्ट्रिय सम्मेलनलाई लक्ष्यीत गर्दै अभियान सुरु गरिएको सेक्रेटरी चौंलागाईले बताए । ‘पार्टी सुढृडिकरण अभियान जिल्लाका सबै गाबिसमा पुग्छ,’ सेक्रेटरी चौंलागाईले भने, ‘हाम्रो अभियान चैत्र ५ गते टुंगिन्छ ।’