खोटाङ मंसिर–५, एक नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्कीले प्रदेशको नाम र राजधानी सर्वसम्मत नहुने बताउनुभभएको छ । मंगलबार साँझ खोटाङ आइपुग्नु भएका मन्त्री कार्कीले बुधबार दिक्तेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एक नम्वर प्रदेशको नाम र राजधानी सर्वसम्मत हुने सम्भावना नरहेको वताउनुभयो ।
मन्त्री कार्कीले बिभिन्न चार/पाँच वटा नाम प्रस्तावमा आएकाले बढिभन्दा बढिको सहमतीमा प्रदेशको नाम र राजधानी टुंगो लगाइने बताउनुभयो । प्रदेशका लागि सगरमाथा, कोशी, किरात, लिम्बू, मेची, बिराट लगायतका नाम आएकाले सबैभन्दा बढिको पहिचान बोक्ने, सबैभन्दा बढिले रुचाउने र सबैभन्दा बढिको निकट हुने खालको नामबाट नामाकरण गर्ने उल्लेख गर्नुभयो । उहाँले प्रदेशको राजधानी बनाउने नाममा खेतीयोग्य जमिन तथा जंगल मास्ने काम नगरिने स्पष्ट पार्नुभयो । 
यस्तै, मन्त्री कार्कीले एक नम्वर प्रदेशमा कृषिलाई पहिलो प्राथमिकतामा चयन गरेको जनाउनुभएको छ । उहाँले कृषिको उत्पादकत्व बढाउने, कृषिलाई व्यवसायिकरण तथा बैज्ञानिकीकरण गर्ने वताउनुभयो । कृषिलाई यान्त्रीकरण गर्ने, कृषिको आयतलाई प्रतिस्थापन गर्दै कृषिलाई रोजगारमुलक क्षेत्रका रुपमा बिकास गर्ने गरी प्राथमिकतामा राखेको मन्त्री कार्कीको भनाई छ । दोश्रो प्राथमिकतामा धार्मिक तथा पर्यटकीय महत्वका कुरा, तेश्रोमा जलश्रोत र चौथोमा औद्योगिक क्षेत्रको बिकासलाई प्राथमिकता दिने उहाँले सुनाउनुभयो । 
अर्को प्रशंगमा मन्त्री कार्कीले नेकपाको एकता बिलम्बमा पार्टी केन्द्रीय कमिटि जिम्मेवार रहेको बताउनुभएको छ । ठूलो पंक्तीका नेता व्यवस्थापनकाक्रममा आन्तरिक छलफल गर्नुपर्ने, नेताको कार्यव्यस्तता लगायतका कारण पार्टी एकतामा बिलम्ब भएको मन्त्री कार्कीको भनाई थियो । उहाँले ६ महिना लम्बिएको एकता प्रकृया यो महिनाभित्र टुंगिने दाबी गर्नुभयो