
असार-१२ खोटाङ, २१ वर्षिया युवतीलाई साँढे तीन महिना अघि जवरजस्ती करणीको प्रयास गर्ने आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । २०७५ फागुन २६ गते करणीको प्रयास गरेको आरोपित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ५४ बर्षिय नेत्रबहादुर खत्री असार ९ गते पक्राउ परेको हो ।
जवरजस्ती करणीको आरोप लागे लगत्तै फरार खत्रीलाई दिक्तेलबजारबाट पक्राउ गरिएको हो । आरोपित खत्रीलाई थुनामा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक केशव कटुवालले बताउनुभयो ।
पीडितले खेतबारीमा काम गरिरहेको समयमा खत्रीले जवरजस्ती करणीको प्रयास गरेको आरोप छ ।