
खोटाङ जेठ–३१, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सङ्घीय समाजबादी फोरम र नयाँ शक्ती पार्टीबीच समायोजन भएको छ । शुक्रबार भएको समायोजनपछि बनेको समाजबादी पार्टीको नगर कमिटि अध्यक्षमा निर्मल राईलाई चयन गरिएको छ ।
४५ सदस्यीय कमिटिको उपाध्यक्षमा कृष्ण थापा र प्रतिमा तामाङ, सचिवमा मुगाधन राई र बिरेन्द्र दर्नाल, सह–सचिवमा रबिन्द्रकुमार बजिमय र सबिन राई तथा कोषाध्यक्षमा अञ्जना राई चयन भएका छन् । पार्टीका खोटाङ संयोजन तथा वार्ता सम्बाद समितिका संयोजक केशवराज कार्कीको अध्यक्षतामा भएको भेलाले नगर कमिटि समायोजन गरेको हो ।
समायोजनपछि बनेको समाजबादीको नयाँ नेतृत्वलाई समाजबादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राईले सपथ ग्रहण गराएका छन् । कार्यक्रममा समाजबादी पार्टीका केन्द्रीय सदस्य सुर्यबहादुर राई, प्रदेश कमिटि सदस्य मोहन गुरुङ, समायोजन समितिका जिल्ला सदस्य टंक थापा, मणी राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका कार्यकर्तालाई पार्टी प्रवेश गराइएको समाजबादी पार्टीले जनाएको छ ।
यसअघि, जिल्लाको हलेसी तुवाचुङ नगरपालिमा दुई पार्टीबीच समायोजन भएको थियो ।