खोटाङ जेठ–२६,  पूर्व उद्योगमन्त्री महेश बस्नेतले आफुले नेपाल विद्युत प्राधिकरणका कुलमान घिसिङको बिरोध नगरेको स्पष्ट पार्नुभएको छ । खोटाङको दिक्तेलबजारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री बस्नेतले आफुले कुलमानलाई ब्यक्तिगत हिसाबले जोडेर कहिल्यै पनि बिरोध नगरेको स्पष्ट पार्नुभएको हो ।

पुष्पलाल स्मृति भवनमा आईतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले महालेखाले देखाएको बेरुजु सार्बजानिक गरी छानबिन गर्नुपर्ने विषय सदनमा उठाउँदा कुलमानलाई ब्यक्तिगत हिसाबले नजोडेको दोहो¥याउनुभयो । उहाँले भन्नुभयो–‘कुलमानसँगको कुरा त कहीँ केही आकै छैन त’ । पुर्वमन्त्री बस्नेतले सदनमा बोल्दै घिसिङमाथि अख्तियारले छानबिन गर्नुपर्ने भनाई राखेको कुरा बाहिर आएपछि सामाजिक सञ्जालमा तर्क बितर्क चलेका थिए । बस्नेतले कुनै ब्यक्तिलाई र्इंगित गरेर कहीँ–कतै केही भन्ने आफ्नो स्वभाव नभएको र त्यस्तो कुरा पनि नहुने जनाउनुभयो ।

‘महालेखाले बेरुजु देखाएको कुरा चैं संसदको सार्वजानिक लेखा समितिले हेरेर सार्वजानिक गर्ने, आवश्यक्ता अनुसार अख्तियार लगायतले छानबिन गर्ने कुरा हुन्छ । त्यो चाहिँ बिद्युत प्राधिकरणभित्रको पनि होला, आयल निगमतिरको पनि होला ।’ बस्नेत भन्नुहुन्छ–‘ जहाँ–जहाँ बेरुजु छन्, ती बेरुजुहरु छानबिन गर्नुपर्छ भन्ने सन्दर्भमा मैले सदनमा जे कुरा बोलेँ, त्यल्लाई अव महेश बस्नेतलाई के निहुँ पाउँ र आलोचनामा घुसारुँ भन्ने केही साथीहरुले ट्विस्ट गर्नुभाछ ।’

आफुले सत्यतथ्य सहित मात्र बोल्ने गरेको बस्नेतको दावी छ । महालेखा परीक्षणको बेरुजहरु ठीक ठाउँमा ल्याएर दोषीलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने उहाँको धारणा छ । ‘तर मैले कुलमान जीलाई काँही कतै छोएकै छैन । कुलमान जीसँग किन जोडिरहेका छन् साथीहरु त्यो बुझ्दिन’ उहाँ भन्नुहुन्छ–‘कुलमान नाम जोड्यो भने धेरै न्युज शेयर हुन्छ भनेर जोडिदिने कुरा होला, अब त्यस्तो सस्तो कुरामा पनि नलागौं अब ।’

सामाजिक सञ्जालमा आएका भ्रामक कुराहरुलाई समाचार बनाएर सनसनी फैलाउने खालका मिडियाहरु पनि सञ्चालनमा रहेका कारण मिडिया काउन्सिल बिधायक आवश्यक भएको उहाँको भनाई छ । अराजकता फैलाउने प्रकारका गतिबिधि गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने उहाँको धारणा छ ।

बस्नेतले उक्त बिधेयक संसोधन वा फिर्ता भन्ने कुरा प्रक्रियामा गईहाल्ने हुनाले धेरै ठूलो रुपमा लिएर आन्दोलन नै गर्नुपर्ने आफुलाई नलागेको बताउनुभयो । उहाँले कसैलाई थर्काउनु परेमा ‘पख् पत्रकार लगाईदिन्छु’ भन्ने अवस्थामा पुगिसकेकाले त्यसतर्फ पनि बिचार गर्नुपर्ने औंल्याउनुभयो ।

धार्मिक भ्रमणको क्रममा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले वर्तमान सरकार शिक्षा, स्वास्थ्य, विकास, भ्रष्ट्राचार उन्मुलन, अपराधी नियन्त्रण जस्ता कार्यमा जुटेको दावी गर्नुभयो । उहाँले महालेखाले देखाएको अनियमितता, कर बक्यौता लगायतका विषयमा पनि सरकार कटिबद्ध रहेको जनाउनुभयोे ।

करदाता र श्रमदाताको सम्मानले मुलुकको समृद्धि हुने भएकाले सरकार त्यसैको पक्षमा उभिएको बस्नेतले उल्लेख गर्नुभयो । (हेर्नुहोस भिडियो ) :