खोटाङ जेठ–२५, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता झलनाथ खनालले नेपालमा जातीय आत्मनिर्णयको अधिकार नभई राष्ट्रिय आत्मनिर्णयको अधिकार हुने वताउनुभएको छ । खोटाङस्थित नेकपाको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीलाई शनिबार सपथ ग्रहण गराउने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

दिक्तेलबजारमा आयोजित कार्यक्रममा पुर्वप्रधानमन्त्री तथा नेता खनालले सबै जातिहरुको एकताले मात्र नेपाल राष्ट्र बन्ने धारणा राख्नुभयो । नेपालमा ५० को दशकमा आएर देशमा रहेका सबै जातिको जनतामा अलग–अलग राज्य हुनुपर्छ भन्ने प्रबृति आएको उहाँको भनाई छ । नेता खनालका अनुसार लिम्बुवान, खम्बुवान, ताम्सालिङ, खसान आदि जस्ता सबै जातिले अलग–अलग राज्य माग गर्नु ठूलो बैचारिक भड्काउ थियो ।

कुनै पनि मानब समुह राष्ट्र बन्नका लागि साझा भूमि, साझा आर्थिक सम्बन्ध, साझा भाषा, साझा साँस्कृतिक सम्बन्ध र साझा मनोवैज्ञानिक सम्बन्ध जस्ता मापदण्ड आवश्यक हुने नेता खनालको भनाई छ । सबै जातिको बिभिन्न भाषा भए पनि सबैले बुझ्ने भाषा नेपाली भाषालाई सबैले स्विकार गरेको उहाँले जनाउनुभयो । सबैको संस्कृतिलाई साभmा संस्कृतिको रुपमा स्विकार र सम्मान गरिरहेको अवस्थामा सगरमाथाको देश, बुद्द जन्मेको देश भन्दा सबैलाई गर्ब हुने भएकाले नेपालीमा मनोबिज्ञान पनि साझा भएको उहाँले स्पष्ट पार्नुभयो । यस्तै, हाल पुँजीवादी आर्थिक सम्बन्ध साझा आर्थिक सम्बन्धका रुपमा रहे पनि समाजवादी आर्थिक सम्बन्ध निर्माण हुने छ ।

सैद्दान्तिक बिषयलाई जोड दिनुभएको नेता खनालले सपथ लिने कमिटी लगायतका सहभागीलाई गहन अध्ययन गर्न निर्देशन गर्नुभयो । उहाँले सिद्दान्त, इतिहास तथा परिस्थितीको गहन अध्ययन नगरे अघि बढ्न नसकिने बताउनुभयो ।