खोटाङ, २१ माघ । खोटाङका गायक पृथी जिम्बाको एकल लोक आधुनिक गिती एल्बम ‘शुसाङ’ बजारमा आएको छ । ६ वटा लोक आधुनिक गीत समाबेस एल्बम राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले बिमोचन गरेका हुन् ।
 जिल्लामा हुने हरेक साँगीतिक कार्यक्रममा लाईभ स्टेज शो देखाउँदै आएका गायक जिम्बाले ‘यो जुनिमा, तिमी सित भेट, तिमीलाई भेटु मात्र, नसम्झु यो, शीतको थोपा र मेरो खुसी’ बोलको गीत समेटिएको एल्बम बजारमा ल्याएका हुन् । 
गीतकार क्षेत्रप्रताप अधिकारी, कालिप्रसाद रिजाल, डा. भोला रिजाल, बुद्धबीर लामा र टेक तामाङको गीतमा जिम्बाको एकल स्वर रहेको एल्बममा शिलाबहादुर मोक्तानको संगीत समेटिएको छ । मोफसलमा बसेर संगीत साधनामा परिचय बनाएका जिम्बा पेशाले शिक्षक हुन् । ‘यो देशमा एउटा आन्दोलन चाहिन्छ’ बोलको उनको गीत जिल्लामा चर्चित छ ।