खोटाङ २१ माघ । खोटाङको प्रमुख नाकाकारुपमा रहेको जयरामघाटस्थित दुधकोसीमा निर्माणाधिन पक्की पुलको दुबै क्याट–वेका काम पूरा भएको छ ।
म्याद नाघेको ४ वर्षमा पनि पूरा हुन नसकेको खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसी पुलको मूख्या लट्ठा राख्नुअघि दुबैतर्फका पिलरको टपमा राखिने झोलुङ्गे पुल शैलीको दुई वटै क्याट–वे जडानका काम पूरा भएको हो ।
निर्माणमा संलग्न इन्जिनियरका अनुशार मूख्या लट्ठा टाँग्नेक्रममा पुलको दुबै पिलरको टपलाई जोडेर झोलुंगे पुलजस्तो देखिने क्याट–वे राख्ने गरिन्छ । दुबै क्याट–वे राख्ने काम पूरा भएकाले केही दिनभित्रै मेन केवल (लट्ठा) राख्ने काम सुरु गरिने ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताउनुभयो ।
नदीका वारिपारी ठड्याइएका दुबै पिल्लरमा ३८ वटा मेन केवल टाँग्ने काम सकिएपछि ढलानका काम हुने जनाइएको छ । २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा २०६६ साल भदौमा बिक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले पुलको जिम्मा लिएको थियो ।