खोटाङ जेठ–२०,  १ नम्बर प्रदेशलाई छुवाछुतमुक्त प्रदेश बनाउने अभियान अन्र्तगत खोटाङमा आयोजित जिल्लाब्यापी अन्तर माबि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘छुवाछुत प्रथा र सामाजिक अपराध’ शीर्षकमा आयोजना गरिएको अन्तर पालिकाका माबि स्तरीय प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित पञ्च माबिका नवराज आचार्य प्रथम बनेका छन् ।

जिल्ला समन्वय समितिको आयोजनामा दिक्तेलबजारको सरस्वती माबिमा सम्पन्न प्रतियोगितामा सरस्वती माबिकै रोमिका खत्री दोश्रो र भगवती माबि खोटाङबजारका अनुप खत्री तेश्रो बनेका छन् । १० वटै स्थानीय तहका प्रतिनिधित्व गर्दै सहभागी बनेको १० प्रतिस्पर्धीमध्ये दिक्तेलबजारस्थित पञ्च माबिकै दिलिसा आचायैले सान्तवना स्थान लिएको आयोजकले जनाएका छन् ।

जिल्लाका दुई वटा स्थानीय तह बाहेक ८ स्थानीय तहबाट सहभागीले प्रतिनिधित्व गरेको जिल्ला समन्वय सदस्य चर्च बिकले जानकारी दिनुभयो । बिजयी सहभागीले क्रमश : पाँच हजार, तीन हजार, २ हजार र एक हजार रुपैंयाँ नगद र प्रमाणपत्रका साथमा यातायात खर्च प्राप्त गरेका छन् ।

१ नम्बर प्रदेशलाई छुवाछुतमुक्त बनाउने अभियानमा जिल्लामा सहभोज, अन्र्तक्रिया लगायत बिबिध कार्यक्रमको आयोजना हुँदै आएको छ ।