खोटाङ जेठ–१४, पहिचानवादी लेखक तथा साहित्यकार राजन मुकारुङलाई खोटाङमा सम्मान गरिएको छ । किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति दोर्पा चिउरीडाँडाले आयोजना गरेको राष्ट्रब्यापी साकेला सिली प्रतियोगिताको अवसरमा मंगलबार मुकारुङलाई सम्मान गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित कार्यक्रममा एक नम्बर प्रदेश सभाषद रामकुमार राई(पासाङ)ले मुकारुङलाई किराती संस्कृति अनुरुप सम्मान गर्नुभएको हो । उहाँलाई फेटा(पगरी) गुथी सम्मानपत्र प्रदान गरिएको जनाईएको छ ।

मदन पुरस्कार समेत प्राप्त गरिसक्नुभएको मुकारुङले साहित्यको माध्यमबाट आफ्नो समुदायप्रति पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको यायोक्खा प्रारम्भिक कार्य समितिको अध्यक्ष सिताराम राईले बताउनुभयो । भोजपुरस्थित टेम्के–मैयुम गाउँपालिका–४ मा जन्मनुभएको साहित्यकार तथा लेखक मुकारुङ २०५६ सालदेखि नेपाली साहित्यमार्फत पहिचानको आन्दोलनमा सक्रिय रहनुभएको छ ।

‘सिर्जनशील अराजकता’ साहित्यिक आन्दोलनका प्रवर्तक मुकारुङको कृति हेत्छाकुप्पाबाट अन्र्तराष्ट्रिय साहित्य सम्मान– २०६६, दमिनी भीर उपन्यासबाट मदन पुरस्कार–२०६९ र फेरिँदो सौन्दर्य कृतिमार्फत पहिचान पुरुस्कार–२०७२ प्राप्त गर्नुभएको छ । यस बाहेक मुकारुङको सेतो आरोहण, प्रारम्भ प्रक्षेपण, जिकिरको गद्दी, मिथक माया र किरात संस्कार गरी ८ वटा कृति प्रकाशित छन् ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here