खोटाङ जेठ–१२, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजित निःशुल्क स्वास्थ्य शिबिरबाट २ सय ६४ जना सर्वसाधारणले सेवा लिएका छन् । सोही नगरपालिकाको १२ नम्बर वडा जालपा र नगरपालिकाको आर्थिक सहयोगमा जनसेवा सामुदायिक अस्पताल जालपाले निशुल्क शिविरको आयोजना गरेको हो ।

शनिबार आयोजना गरिएको शिबिरबाट १ सय ८१ महिला र ८३ पुरुषले सेवा पाएका हुन् । शिबिरमा १४ जनाको ल्याव परिक्षण, १ सय २ जनाको आँखा उपचार, २ जनाको रिङप्रेसरी राखिएको र ५५ जनाको भिडियो एक्स–रे गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुब श्रेष्ठले बताउनुभयो ।

सेवाग्राहीमध्ये ३२ जना ज्येष्ठ नागरिक, ३१ बालबालिका र ११ अपांगता भएका नागरिकले सेवा लिएका जनसेवा सामुदायिक अस्पतालले जनाएको छ ।