खोटाङ २५ माघ । सशस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राईले सोमबार (हिजो) खोटाङमा सशस्त्र प्रहरी बल हलेसी गुल्म उद्घाटन गरेका छन् । एक कार्यक्रमको आयोजनाका बिच गुल्मको उदघाटन गरिएको थियो । सो क्रममा सशस्त्र प्रहरी महानिरिक्षक राईले देशको सेवाकाक्रममा आइपर्ने दुःख र संघर्षका क्रममा कहिल्यै बिचलित नहुन सशस्त्र प्रहरीका जवानलाई निर्देशन समेत दिएका थिए ।