भलराज राई
वडाध्यक्ष, च्यास्मिटार
हो खानेपानी विवाद भयो । चार घरका मान्छेले गैरकानुनी ढंगले उपभोक्ता समिति गठन गरेको रहेछ । मैले त सबै घर घरका मान्छे चिन्दिन । गाउँका मान्छे बसेर सहमति गरेर उपभोक्ता समिति गठन गरे होला भनेर मैले सिफारिस गरेँ । तर, पछि मात्र थाहा भयो, त्यसो भएको हैन रहेछ, मलाई यसमा फसाइयो ।

योजना स्वीकृत पनि भयो । पैसा निकाले पनि, अहिले गाउँमा पानी समेत आएको छ । तर, चार घरले मात्र प्रयोग गरेर १७/१८ घरले प्रयोग गर्न पाएका छैनन् । सहमति गराउन म पनि त्यहाँ झरें, तर चार घरले मानेनन् । झुटो काम गरेर यसमा मलाई फसाइएको हो हजुर ।

सहमति नभएपछि मैले नगरपालिकाको न्यायिक समितिमा जान सिफारिस गरेको छु । १७/१८ घरका मान्छे त प्रशासन र अदालती प्रक्रियामा जान्छौं भनिरहनु भएको छ ।

मैले मिल्छ भने मिलाउनुस् एक पटक न्यायिक समितिमा जानुहोस् भनेको छु । योजना न्यायिक समितिबाटै सञ्चालन भएको भन्ने पनि सुनेको छु । उहाँको पुरानो घर त्यहीँ हो भन्ने सुनेको छु, एकै पटक बजेट नदिएर किस्तामा दिनुपर्नेमा एकै चोटी दिइयो भनेर पनि स्थानीयले मलाई गुनासो गरेका छन् । अब यो काम न्यायिक समितिले मिलाउनुपर्छ जस्तो लाग्छ । (टेलिफोनमा आधारित संवादकाे सम्पादित अंश)



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here