खोटाङ जेठ–३, खोटाङका पत्रकारले सञ्चार सामाग्री प्रदर्शन गर्दै मिडिया काउन्सिलसम्बन्धी विधेयक संसोधन तथा प्रेस स्वतन्त्रतको माग गरेका छन् । नेपाल पत्रकार महासंघ जिल्ला कार्य समितिको नेतृत्वमा दिक्तेलबजारको त्रिबेणी चौकमा बिधेयक संसोधन तथा प्रेस स्वतन्त्रताको माग गरिएको हो ।
सरकारले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेको सांकेतिक विरोधमा क्यामेरा, माईक्रोफोन, रेकर्डर, ल्यापटप लगायतका सञ्चार सामाग्री दिक्तेलबजारको मुख्य चौक मानिने त्रिबेणी चौकको भुईंमा राखेर पत्रकारहरुले बिरोध जनाएका हुन् ।
कार्यक्रममा खराव नियत भएका पत्रकारलाई निरुत्साहित गर्नका लागि कानुन आवश्यक भए पनि हाल ल्याउन लागिएको विधेयकले अन्य पत्रकारलाई समेत असर पर्ने बताएका छन् ।
सो विधेयक हुवहु कार्यान्वयन भएको अवस्थामा भ्रष्टाचार र अनियमितताका विषयमा गरिने खोजी पत्रकारिता निरुत्साहित हुने र पत्रकारिता सत्ता र शक्तीको गुनगानतर्फ डोरिने खतरा रहने जिल्लाका अग्रज पत्रकारहरुको ठहर छ ।
उक्त बिधेयकले लोकतन्त्रको आधारभुत मूल्यको रुपमा स्थापित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामै बाधा पुग्ने स्थिति देखिएको कार्यक्रमका बक्ताहरुले जनाएका छन् ।
बिरोध कार्यक्रममा पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राई, किरात राई पत्रकार संघका केन्द्रीय अध्यक्ष भीम राई, सम्पादक समाज नेपाल खोटाङका अध्यक्ष कृष्ण आचार्य लगायतले यो बिधेयक अनिबार्य संसोधन गर्नुपर्ने बताएका छन् ।