खोटाङ बैसाख–२६, खोटाङमा किरात राई बिद्यार्थी संघ केन्द्रीय समितिको नऔं राष्ट्रिय सम्मेलन सुरु भएको छ । ‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किरात स्वयत्त राज्य निर्माण गर्नका लागि गाउँ नगर लागौँ’ भन्ने नारासहित सुरु भएको सम्मेलन किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिबस राईले उद्घाटन गर्नुभएको हो ।

बिहिबार दिउँसो दिक्तेलबजारको हेलीप्याडमा तीन चुल्होमा आगो बालेर उद्घाटन गरिएको तीन दिने सम्मेलनले नयाँ नेतृत्व चयन एबं भावी कार्यदिशा तय गर्दै सम्पन्न हुने संघले जनाएको छ । संघको राष्ट्रिय सम्मेलनमा पुर्वी नेपालका १४ जिल्ला र उपत्यकाका तीन जिल्लाका ५ सय बढी प्रतिनिधि एबं पर्यवेक्षकको उपस्थिति रहेको छ ।

सम्मेलन उद्घाटन अघि संघले दिक्तेलबजारमा ¥याली निकालेको थियो । साँस्कृतिक झाँकी सहितको ¥यालीमा बहुभाषिक बिश्वविद्यालय, बैज्ञानिक शिक्षा प्रणाली लगायतको माग गरिएको छ ।

संघको राष्ट्रिय सम्मेलनका कारण हुने जमघटले जिल्लाको आर्थिक र सामाजिक क्षेत्रमा समेत फाईदा पुग्ने भएकाले सम्मेलनलाई भव्य बनाउन लागि यायोक्खा समेत लागि परेको थियो ।