खोटाङ बैशाख–२६, किरात राई विद्यार्थी संघको नवौं राष्ट्रिय सम्मेलन उद्घाटनको क्रममा खोटाङको दिक्तेलबजारमा बिशाल ¥याली निकालिएको छ । सम्मेलनको उद्घाटन पूर्व निकालिएको ¥यालीमा सम्मेलनमा सहभागी प्रतिनिधि, पर्यबेक्षक, यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई लगायतका राई समुदायका बिशिष्ट ब्यक्तित्वहरुको सहभागिता थियो ।

‘पहिचान सहितको सङ्घीय शिक्षा लागु गरौं, किरात स्वायत्त राज्य निर्माणको लागि गाउँ नगर लागौं’ नारासहित बिहिबार शुरु भएको तीन दिने सम्मेलनको उद्घाटनका क्रममा निकालिएके ¥यालीमा जिल्लाका विद्यार्थी लगायत किरात राई तथा गैर राई समुदायको सहभागिता रहेको थियो । यायोक्खाको केन्द्रीय अध्यक्ष राईले उद्घाटन गर्ने सम्मेलनमा पुर्बी नेपालको १४ तथा उपत्यकाका तीन गरी १७ जिल्लाका ५ सय बढी प्रतिनिधि तथा पर्यबेक्षकको सहभागिता रहने आयोजकले जनाएको छ ।

दिक्तेलबजारको हेलिप्याडबाट रत्नपार्क हुँदै त्रिबेणीचोक पुगी पूनः हेलिप्याडमै टुंगिएको ¥यालीले किरात राज्यको माग गरेको थियो । साँस्कृतिक झाँकी सहितको ¥यालीमा बहुभाषिक बिश्वविद्यालय, बैज्ञानिक शिक्षा प्रणाली लगायतको माग गरिएको छ ।

उद्घाटन कार्यक्रममा चर्चित रियालिटी शो ‘भ्वाईस अफ नेपाल’वाट चर्चा कमाउन सफल गायिका श्रेया राई लगायतको कलाकार टोलीको प्रस्तुति रहनेछ । यस्तै, गायक तथा संगीतकार राई नबिन, रेडियो नेपालको राष्ट्रब्यापी जागरण गीत प्रतियोगितामा प्रथम बन्न सफल गायक केबी राई, गायक तथा संगीतका पदम थुलुङ राई, कुलराज राई लगायतका कलाकार टोलीको बिशेष प्रस्तुति रहने जनाईएको छ ।