खोटाङ बैसाख२३,  कर सम्बन्धी काम गर्नका लागि सिरहाको लाहान पुग्नुपर्ने बाध्यता अन्त्यका लागि खोटाङमा स्थापना गरिएको करदाता सेवा कार्यालय उद्घाटन गरिएको छ । भ्याट, पान लगायतका कर सम्वन्धी कामका लागि दिक्तेलबजारमा स्थापना गरिएको करदाता सेवा कार्यालयको उद्घाटन गरिएको हो ।

राष्ट्रिय बाणिज्य बैंक र जिल्ला प्रहरी कार्यालय नजिकै स्थापना गरिएको करदाता सेवा कार्यालय सोमबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गर्नुभएको हो । कार्यालयबाट स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र वितरण, मुल्या अभिबृद्धि कर दर्ता, अन्तशुल्क इजाजत तथा नविकरण, कर संकलन, करदाताको विवरण संशोधन लगायतका सेवा प्रवाह गरिने करदाता सेवा कार्यालय दिक्तेलका प्रमुख गोपाल राईले बताउनुभयो ।

करदाता सेवा कार्यालय स्थापना भएपछि कर चुक्ताका लागि प्रदेश नम्बर १ बाट प्रदेश नम्बर २ मा पुग्नुपर्ने बाध्यता अन्त्य भएपछि स्थानीय हर्षित भएका छन् ।