खोटाङ बैसाख–१५, खोटाङमा चट्याङ लागेर गम्भिर घाईंते बनेकी महिलाको मृत्यु भएको छ । शनिबार साँझ वर्षासँगै परेको चट्याङले गम्भिर बनेकी रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका ४५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो ।

घरैमा बसिरहेको अवस्थामा परेको चट्याङका कारण गम्भीर घाईते भएका श्रेष्ठलाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकी पु¥याउने वित्तिकै स्वास्थ्यकर्मीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार खड्काले बताउनुभयो ।

सोही चट्याङका कारण स्थानीय धनकुमारी श्रेष्ठ घाईते भएकी छन् । बेहोस अवस्थामा स्वास्थ्यचौकी लगिएकी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार भएपछि घर फर्किएको प्रहरी निरीक्षक खड्काको भनाई छ ।
खोटाङमा बर्षेनी चट्याङबाट मानिस तथा पशुचौपायको ज्यान जाने गरेको छ ।