
खोटाङ बैशाख–६, नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हन गरेको नेपाल बन्दको कारण खोटाङका बिद्यार्थी पठनपाठनबाट बञ्चित भएका छन् । बैशाख ५ गते आव्हान गरेको बन्दको प्रभावले नीजि बिद्यालयमा पठनपाठन नहुँदा बिद्यार्थीलाई मार परेको हो ।
शैक्षिक सत्र सुरुवातको चरण भएकाले जिल्लामा सञ्चालित सामुदायिक बिद्यालयहरुमा पठनपाठनको कार्यक्रम नभएको प्रमुख जिल्ला अधिकारी बिष्णुहरी उपाध्यायले बताउनुभयो । सामुदायिक बिद्यालयमा भर्ना, पुस्तक वितरण लगायत प्रशासनिक कार्य भने नरोकिएको प्रजिअ अधिकारीको भनाई छ । बिहानी कक्षा सूचारु भएको जिल्लामा केही नीजि बिद्यालय भने बन्द रहेको पाईएको थियो ।
जिल्लाका कूल ४ सय ९० बिद्यालयमा ४८ हजार बिद्यार्थी पठनपाठन गर्छन् । खोटाङमा ७ वटा क्याम्पस समेत सञ्चालनमा रहेका छन् ।