
खोटाङ बैशाख–३,
प्रेमिल दुनियाँलाई शब्द, संगीत, स्वर तथा दृश्यमा रंगीन ढंगले अटाँउने प्रयास गरिएको ‘मायाँमा..’ बोलको गीति भिडियो सार्बजानिक भएको छ । गायिका यशोदा खालिङ्ग राईको ‘यशोदा–२’ नामक गीति एल्बमको उक्त भिडियो युट्युब च्यानल हाईलाईट्स नेपालबाट सार्वजनिक भएको हो ।
सौरामराज तुलाधर, शम्भु मोक्तान तथा निशान घिमिरेले छायांकन तथा सम्पादन गरेको गीति भिडियोमा ब्युटिसियन कमला राई र जाङ्बु शेर्पाको अभिनय देख्न सकिन्छ । आशुतोष राईको शब्द÷संगीत, स्वयम गायिक यसोदा र जगदिस समालको स्वर तथा दिनेश न्यौपानेको एरेन्जमेण्टमा उक्त गीत तयार भएको हो ।
‘यशोदा–२’ मा ९ वटा गीतहरु समाबेश रहेकोमा यस अघि ‘आउँछौ तिमी’ बोलको म्यूजिक भिडियो सर्वजनिक भईसकेको छ । एल्बममा समाबेश अन्य गीतहरुको समेत भिडियो निर्माण भईसकेको बताईएको छ । उक्त गीति एल्वममा गजल तथा आधुनिक गीतहरु समेटिएका छन् ।
गायिका राईको पहिलो एल्बम ‘यशोदा’ले समेत सफलता लिएको थियो । सोलुखुम्बु ठेगाना भई हाल युएसएमा रहनुभएकी गायिका खालिङ राईको अन्य गीतहरुको पनि रेकर्डिङ्ग सम्पन्न भई एल्बम विमोचनको तयारी भईरहेको छ ।