खोटाङ  चैत–३०, गत चैत्र १७ गते गएको हावाहुरीबाट पीडित बनेका बारा र पर्साका स्थानीयको सहयोगार्थ खोटाङमा राहत संकलन गरिएको छ । उक्त हावाहुरीबाट ज्यान गुमाएका तथा विस्थापित बनेका परिवारका सहयोगार्थ अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तीकारी)ले दिक्तेलमा राहत संकलन गरेको हो ।

टोर्नाडो नामको हावाहुरी पीडितका सहयोगका लागि राहत संकलन गरिएको अखिल नेपाल महिला संघकी अध्यक्ष मनिषा राईले बताउनुभयो । विभिन्न व्यक्ती तथा संस्थाबाट प्राप्त भएको २७ हजार २ सय ७१ रुपैयाँ राहत अखिल नेपाल महिला संघ केन्द्रीय कमिटिमार्फत पीडितका नाममा पठाइएको जनाईएको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here