काठमाडौं । स्थानीय सरकारले स्थानीय क्षेत्रमा कर संकलनतर्फ मात्र ध्यान दिएको गुनासा आइरहेका बेला मकवानपुरको एउटा गाउँपालिकाले गाउँमा जाँडरक्सी र जुवातास नियन्त्रण गर्ने विद्येयक नै पारित गरेको छ ।

युवाहरु जुवातासमा अल्मलिने गरेको, जाँडरक्सीका कारण घरेलु हिंसा बढेको आर्यआर्जन खस्कँदो अवस्थामा रहने गरेको ठहर गर्दै जिल्लाको मनहरी गाउँपालिका यस्तो निर्णयमा पुगेको हो ।
मनहरी गाउँपालिका हिउँदै अधिवेशन सम्पन्न गर्दै जाँडरक्सी र जुवातास नियन्त्रणको प्रयास थालेको गाउँपालिका उपाध्यक्ष मनिला विष्टले बताउनुभयो ।

त्यसैगरी ऐनले विवाहमा १ हजार रुपैयाभन्दा बढी नगद वा जिन्सी उपहारस्वरुप दिन नपाउने व्यवस्था छ भने रकम तोकेर सप्ताह, महायज्ञलगायत कार्यहरुमा चन्दा माग्नका लागि निषेध गरेको छ । यदी कानुन विपरित गरेको पाएमा गाउँपालिकाले कारबाही गर्ने जनाएको छ । समाचार राजधानी दैनिकले प्रकाशित गरेको छ ।