
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एकै परिवारका गम्भीर चार शारिरीक अशक्तलाई ५० हजार सहयोग गरेको छ ।
नगरपालिका वडा न ६ (नेर्पा) स्थित एकै परिवारका ४ जना गम्भीर शारिरिक अशक्त भएका र उनीहरुको आर्थिक अवस्था समेत अत्यन्त दयनीय रहेकोले उपचारको लागि सहयोग गरेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख , उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृत समेतको उपस्थितीमा उक्त रकम प्रदान गरिएको हो ।
नगरपालिकाले ३ जनालाई अपाङ्ग परिचय पत्र समेत प्रदान गरेको छ ।