
खोटाङ चैत्र–१४, प्यारालाईसिसको उपचार गराईरहेकै क्रममा दुवै मृगौला फेल भएपछि खोटाङको पीडितले सहयोगको याचना गरेका छन् । लामो समयदेखि प्यारालाइसीसको विरामी भई उपचारको क्रममा रहेकै अवस्थामा मृगौला पीडित बनेको केपीलासगढी गाउँपालिका–१ फेदीका लालकुमार राई बचाउन आफन्तले सहयोगको याचना गरेका हुन् ।
प्यारालाईसिसले थलिएका ३९ बर्षीय राईको दुवै मृगौलाले समेत काम गर्न छाडेको नोवेल मेडिकल कलेज विराटनगरका चिकिल्सकले प्रमाणित गरेको आफन्तले जनाएका छन् । सामान्य आर्थिक अवस्था भएको राईको जीवन रक्षको लागि मृगौला प्रत्यरोपन गर्न आर्थिक अभाव भएको पीडितको भाई रामकुमार राईले बताउनुभयो ।
हाल मोरङको बेलबारी नगरपालिका–११ स्थित आफन्तको घरमा बसिरहेका लालकुमारको थप उपचारका लागि काठमाण्डौ लाने तयारी भएपनि आर्थिक समस्या रहेकाले सहयोगको याचना गर्नुपरेको परिवारको भनाई छ । परिवारले राईको उपचाररर्थ सहयोगका लागि राष्ट्रिय वाणिज्य वैंक मोरङ बेलबारी शाखामा २४३००२७८२६१० खाता समेत खोलेका छन् ।
श्रीमतीसँग सम्वन्ध विच्छेद भईसकेको पीडित राईको दुई छोरीहरु रहेका छन् ।