खोटाङ चैत्र–४, हङकङमा नेपाली श्रष्टाका गीतसंगीत प्रयोग गर्नुपूर्ब रोयल्टी प्रदान गरिएको छ । अक्षयकोष स्थापनार्थ खोटाङ समाज हङकङले आयोजना गरेको साँस्कृतिक कार्यक्रम ‘हलेसी साँझ–४’मा रोयल्टी समाज नेपाललाई १० हजार रुपैंयाँ रोयल्टी प्रदान गरिएको हो ।
हङकङमा बसोबास गर्ने खोटाङेहरुको हीतमा प्रयोग हुने गरी स्थापना गर्न लागिएको अक्षयकोषको सहयोगार्थ आयोजित कार्यक्रममा गीत संगीत सावैजानिक भएबापतको रोयल्टी रोयल्टी समाज नेपालका अध्यक्ष महेश खड्काले ग्रहण गर्नुभएको छ । जोर्डनस्थित याउमातेई कम्यूनिटी हलमा आईतबार आयोजित कार्यक्रममा श्रष्टाको बौद्दिक सम्पति तथा नेपाली गीतसंगीतको सम्मान गर्दै रोयल्टी प्रदान गरिएको आयोजक खोटाङ समाज हङकङका अध्यक्ष टिका कोयी राईले सुनाउनुभयो । यसअघि साईनो कला केन्द्र खोटाङले दिक्तेलबजारमा आयोजना गरेको हलेसी साईनो स्टारको फाईनल कार्यक्रममा समेत रोयल्टी बुझाईएको थियो ।
हङकङलाई कर्मभूमि वनाएर जन्मभूमिको हीतमा निरन्तर सक्रिय समाजले आयोजना गर्दै आएको हलेसी साँझको चौथो श्रृंखलामा चर्चित संगीतकार तथा गायक महेश खड्का, राजनराज शिवाकोटी लगायतले नेपाली गीतसंगीत प्रस्तुत गर्नुभएको थियो । अक्षयकोषको सहयोगार्थ गायक तथा संगीतकार पदम थुलुङ राई, गायिका मीना राई, रोशन राई(पालुवास्टार), गायक सागर संसार राई लगायतले गीत गाउनुभएको आयोजकले जनाएका छन् । संगीतिक तथा साँस्कृतिक साँझमा सिक्केमे होमजायगा अर्थात सिक्कमे गफाडीको नामले परिचित दिलिप गुरुङले बेजोड प्रस्तुति दिनुभएको थियो ।


हङकङमा चर्चित नेप्लिज हङकङ गु्रपको खुकुरी नृत्य र संयुक्ता डान्स आर्ट गु्रपको साँस्कृतिक नृत्यले सांगीतिक साँझमा रौनकता थपेको थियो ।
साँस्कृतिक कार्यक्रममार्फत संकलित तथा कोषमा अग्रिम रुपमा जम्मा भएको रकम थपेर अक्षयकोष स्थापना गर्ने योजना वनाईएको कार्यक्रम संयोजक पेङ किरातको भनाई छ । हङकङलाई कर्मथलो बनाईरहेका खोटाङहरुको साझा सामाजिक संस्थाको रुपमा स्थापित खोटाङ समाज हङकङले जन्मभूमिको लागि निरन्तर परोपकारी कार्यहरु गर्दै आएका छन् । यो पटक भने हङकङमै रहने जिल्लाबासीलाई आपतबिपद् आईलाग्दा प्रयोग गर्नका लागि अक्षयकोष स्थापना गर्ने योजना बनाईएको साँस्कृतिक कार्यक्रमका संयोजक किरातले जनाउनुभयो ।