खोटाङ चैत्र–३, साथीहरुसँग बाहिर जान लागेको भन्दै हिँडेको खोटाङको २६ बर्षिय युवा सात दिन देखि बेपत्ता छन् । काठमाण्डौं बसोवास गर्दै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का दिपेन्द्र परियार काठमाण्डौंको चाबहिलबाट बेपत्ता भएका हुन ।
चाबाहिल मिलनचोकमा बसी फेसन डिजाईनरका रुपमा काम गर्दै आएका परियार फागुन २६ गते साँझ चार बजे घरबेटीलाई साथीहरुसँग बाहिर जान लागेको भन्दै निस्किएका थिए । सोहि दिनबाट दिपेन्द्रले प्रयोग गर्ने दुवै मोवाईल बन्द भएको काका जनक परियारले बताउनुभयो । भएको छ । हालसम्म पनि सम्पर्कमा नआएपछि परियोरको परिवारमा चिन्ता बढेको छ ।