चैत्र–२, खोटाङ समाज हङकङले बर्षेनी आयोजना गर्दै आएको बृहत साँस्कृतिक कार्यक्रम ‘हलेसी साँझ–४’ को लागि कलाकार टोली हङकङ पुगेका छन् । हङकङलाई कर्मभूमि वनाएर जन्मभूमिको हीतमा निरन्तर सक्रिय समाजले आयोजना गर्दै आएको हलेसी साँझको चौथो श्रृंखलाका लागि चर्चित संगीतकार तथा गायक महेश खड्का, राजनराज शिवाकोटी लगायतको कलाकार टोली शनिबार हङ्कङ पुगेका हुन् ।
अक्षयकोष स्थापनार्थ जोर्डनस्थित याउ मा तेई कम्युनिटी सेन्टरमा आयोजना हुने कार्यक्रमको लागि सिक्केमे होमजायगा अर्थात सिक्कमे गफाडीको नामले परिचित दिलिप गुरुङ समेत हङकङ जानुभएको छ । हङकङमा वसोवास गरिरहेका जिल्लावासीको आपतबिपदको साथीको रुपमा स्थापना गर्न लागिएको अक्षयकोषको सहयोगार्थ गायक तथा संगीतकार पदम थुलुङ राई, गायिका मीना राई, रोशन राई(पालुवास्टार), गायक सागर संसार राई लगायतको टोली हङकङ प्रबेश गरिसकेको कार्यक्रम सांयोजक पेङ किरातले जानकारी दिनुभयो ।

आईतबार स्थानीय समयअनुसार साँझ ७ बजेदेखि शुरु हुने साँस्कृतिक कार्यक्रममार्फत संकलित तथा कोषमा अग्रिम रुपमा जम्मा भएको रकम थपेर अक्षयकोष स्थापना गर्ने योजना वनाईएको छ । कार्यक्रममा हङकङको चर्चित डान्स गु्रपको खुकुरी गु्रपको नृत्य समेत रहने समाजका अध्यक्ष टिका कोयु राई(जेठा)ले जानकारी दिनुभयो ।