खोटाङ फागुन–२८, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको ७० वर्षीय टिकाराम गुरुङको लडेर मृत्यु भएको छ । मंगलबार गहुँ हेरचाहका लागि खेतमा पुगेर दाउराको भारी लिएर घर फर्कनेक्रममा गुरुङको लडेर मृत्यु भएको वडा सदस्य चित्र राईले बताउनुभयो ।
साबिकको नेर्पा–८ का गुरुङको साविकको नेर्पा–१ मा रहेको खेतबाट फर्कने क्रममा साकेलाथान नजिकै लडेर मृत्यु भएको हो । घट्नास्थल मुचुल्का तयार पारेर मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशव कट्वालले बताउनुभयो ।