
खोटाङ फागुन–२५, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ मा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । सन्तबीर राईको घरमा बिहिवार बेलुकी आगलागी हुँदा करिब ३ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
राईको घरमा आगलागीका कारण खुल्न सकेको छैन ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिका–१ कदुवा भञ्ज्याङ बस्ने रेणुका कार्कीको घर पनि पूर्ण रुपमा जलेर नष्ट भएको छ । पुजाकोठाबाट सल्केको आगोले घरसहित करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।