रामधन राई/खोटाङ
फागुन–२४, खोटाङस्थित रावाबेंसी गाउँपालिकाका जनप्रतिनिधिलाई राजनीतिक आस्थाको आधारमा नभई सबैको साझा बनेर काम गर्न सुझाव दिईएको छ । गाउँपालिकाले आयोजना गरेको सार्बजाजिनक सुनुवाई कार्यक्रमका सहभागीले राजनीतिक आस्थाको आधारमा नभई साझा भावनाको साथ सबै जुटेमा मात्र गाउँपालिकाले समृद्दिको बाटो समाउने जनाएका छन् ।
राजनीतिक पृष्ठभूमि जे जस्तो भए पनि गाउँपालिकाको बिकास र समृद्दिको लागि एक जुट हुनुपर्ने स्थानीयको धारणा छ । ‘म नेपाली कांग्रेसका मान्छे हुँ, तर यो रावाबेंसी गाउँपालिका स्थापना गर्दा म नेपाली कांग्रेस थिईंन ।’ नेता फटिककुमार श्रेष्ठले तत्कालिन कार्यक्रम अहिले गाउँपालिका प्रमुखकोे जिम्मामा आएको बताउनुभयो । नेकपा एमालेको तर्फवाट गाउँपालिका प्रमुख बन्नुभएका लिलानाथ निरौलातिर संकेत गर्दै उहाँले भन्नुभयो–‘अब त्याहाँ कुनै लालसलाम पनि होईन कुनै जयनेपाल पनि होईन, नमस्कार पनि होईन । तपाईं एउटा साझा मान्छे हो ।’ नेता श्रेष्ठले गाउँपालिकाका प्रशासकलाई एउटै कानुनलाई दुई ढंगले कार्यान्वायन नगर्न श्रेष्ठले अनुरोध गर्नुभयो ।


हरम्टारस्थित गाउँपालिकाको प्राङ्गणमा आयोजित सार्बजानिक सुनुवाई कार्यक्रममा उद्यमी र उद्यमशिलताका क्षेत्रमा गाउँपालिकाले चासो नदिएको, कृषकलाई प्रोत्साहन गर्ने कार्य नभएको लगायतका गुनासो सहभागीले राखेका छन् । कार्यक्रमका सहभागीले योजना सञ्चालन गर्न नसकी बेरुजुमा रहेका ब्यक्तिका नेतृत्वमा उपभोक्ता समिति गठन, योजना सम्झौतादेखि फरफारक गर्ने लगायतका कार्यसम्पादनमा ढिलासुस्ती, दुधकोशी जलासय हाईड्रोपावरका सरोकार समिति गठन लगायतका बिषयमा सवालहरु उठाईएको थियो ।
सहभागीले यसअघि गाउँपालिकाले आयोजना गरेको दन्तशिविर, कृषि मेला लगायतका कार्यक्रमका त्रुटीहरुको बिषयमा सवाल उठाउँदै सच्याएर अघि बढ्न सुझाव दिएका छन् ।
प्रमुख जवाफदेही ब्यक्तिका रुपमा अध्यक्ष लिलानाथ निरौलाले आफुले कुनै पक्ष–बिपक्ष नभई सबैको साझा भएर काम गरिरहेको बताउनुभयो । कसैप्रति नकरात्मक र कसैप्रति सकरात्मक बन्ने नियत आफुमा नभएको उहाँले स्पष्ट पानुभयो । सबैका सवाललाई स्वभाविक लिनुभएको गाउँपालिका प्रमुखले सुझावहरुलाई आत्मसाथ गर्दै आगामी दिनमा सच्चिएर अघि बढ्ने प्रतिबद्दता जनाउनुभयो ।
अध्यक्ष निरौलाले गाउँपालिकाको बिकास र समृद्दिको लागि सबैबाट सल्लाह, सुझावसहित साथ,सहयोगको अपिल गर्नुभयो । जिल्लामा क्रियाशील पत्रकारहरुको सहजिकरणमा सम्पन्न सार्बजानिक सुनुवाईबाट गाउँपालिकामा भए गरिएका त्रुटीहरु सच्याउँदै बिकास निर्माण लगायतका कार्यलाई चुस्त, दुरुस्त तथा दु्रत बनाउन सहयोग मिल्ने गाउँपालिकाले जनाएको छ ।